मन्त्री अथकद्धारा आज बाँके साक्षर जिल्ला घोषणा हुँदै




कोहलपुर ।

आज बाँके जिल्ला पूर्ण साक्षर घोषणा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) द्धारा शनिबार एक कार्यक्रमको आयोजना गरी बाँके जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा हुने भएकाे हाे ।

बाँकेका ८ वटै पालिकाहरुले साक्षर पालिका घोषणा गरेपछि आज  (शनिबार) एक औपचारीक कार्यक्रम गरी ८ वटै पालिकालाई सम्मान सहित बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा कार्यक्रम दिउँसो २ बजे हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिबार