मन्त्री अथकद्धारा आज बाँके साक्षर जिल्ला घोषणा हुँदै

कोहलपुर ।

आज बाँके जिल्ला पूर्ण साक्षर घोषणा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) द्धारा शनिबार एक कार्यक्रमको आयोजना गरी बाँके जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा हुने भएकाे हाे ।

बाँकेका ८ वटै पालिकाहरुले साक्षर पालिका घोषणा गरेपछि आज  (शनिबार) एक औपचारीक कार्यक्रम गरी ८ वटै पालिकालाई सम्मान सहित बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा कार्यक्रम दिउँसो २ बजे हुनेछ ।