१५ करोड बढिको लगानीमा कोहलपुर नगरपालिकाको प्रशासनिक भवन बन्दै




कोहलपुर ।

कोहलपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण हुन लागेको छ । शुक्रबार नगर प्रमुख पूर्ण प्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले संयूक्त रुपमा शिलान्यास गरेका थिए ।

शिलान्यास गर्दैै नगर प्रमुख आचार्यले अब कोहलपुरका जनताहरुले एउटै छानामुनीबाट सबै सेवाहरु प्राप्त गर्ने उद्देश्यका साथ योजना अघि सारेको बताए । ‘यो भवनमा कोहलपुर नगरपालिकाका विभिन्न शाखा कार्यालयहरु एउटै भवन भित्र हुनेछन्,’ उनले भने, ‘सोही क्षेत्रबाट सेवा प्रवाह हुनेछ ।’ त्यसको निगरानी तथा काम गराउन र सेवाग्राहीलाई सेवा दिनका लागि सहज र सजिलो वातावरण हुने विश्वास व्यक्त गरे ।

यस्तै उपप्रमुख संगिता सुवेदीले विभिन्न शाखा कार्यालयहरुमा जाने र नगरपालिका पुनः जानुपर्ने बाध्यता हटने बताइन् । ‘समयसमयमै अनुगमन हुनेछ, ‘काँहीकतै गुणस्तरीय समान प्रयोग भएको खण्डमा भूक्तानी रोकिने छ उनले भनीन् ।’

यस्तै नगरपालिकाका प्रमुख इजिनियर बालकृष्ण महतराले १५ करोड ३७ लाखमा प्रशासनिक भवन बन्न लागेको बताए । उनका अनुसार एशोसियट, जय भवानी र रन्जितकार जेभी निर्माण व्यवसायीले सम्झौता गरेका छन्, ‘६ तलाको भवन बन्न लागेको छ, २०८१ साल पौषमा सम्पन्न हुने गरी सम्झौता भएको नगरपालिकाका प्रमुख इजिनियर महतराले बताए ।

यस्तै निर्माण व्यवसायी अर्जन पनेरुका अनुसार सम्झौता मिति भन्दा पहिले सम्पन्न गरी नगरपालिकालाई बुझाउने बताए । गुणस्तरीय समानको प्रयोग गर्ने र नगरपालिकाले गरेको स्टिमेट अनुसार नै काम हुने पनेरुले दावी गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिबार