शुदाम शर्मा, रुकुम ।
रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका अन्तरगत सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सेवा इकाइ केन्द्रको आयोजनामा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकामा भए गरेका ब्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ताको प्रभावकारितामा जवाफदेहिता, जिम्मेवार र सम्बन्धित पक्षबिच छलफल गराइ दोहोरोपन एबं त्रुटी हुनबाट जोगाउने र सहि तथ्यांक राखी स्थानीय सरकारप्रति बिश्वासको वाताबरण सृजना गर्ने उद्देश्यले ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एम आइ एस अपरेटर दुबिधा ओलीले जानकारी दिनुभयो ।
‘नागरिकको ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा, तिनै तहका सरकारको मुख्य प्राथमिकता’ भन्ने मुल नाराका साथ यहि असार ३१ गते शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एम आइ एस अपरेटर जनक बोहराले गर्नु भएको थियो ।
नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख बिमल कुमार पुन, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र बिषयगत शाखा प्रमुख एबं सामाजिक सुरक्षा तथा पञ्जीकरणसँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख कृष्ण बहादुर खत्रीले गर्नु भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्