कृष्ण कुमार शाही, कोहलपुर ।
रारामधु सामुदायिक वन उपभोक्ता समूहले वन पुर्नस्थापना गरी जलवायू परिवर्तन, मानव र वन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण गर्ने वृक्षारोपन गरेको छ ।
बैजनाथ गाउँपालिका १ गाभरमा रहेको उपभोक्ता समूहले वन पुर्नस्थापना गरी जलवायू परिवर्तन, मानव र वन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण गर्ने मध्यवर्ती क्षेत्रका समुदायहरुसंगको सहकार्यमा स्थानीय प्रजातिका दश हजार विरुवा वृक्षारोपन गरेको हो ।

वृक्षारोपणका लागि छनौट गरिएका बिरुवाहरु स्थानीय समुदायका लागि बहुउपयोगि हुने किसिमका रहेका छन्, यस वृक्षरोपणको माध्यमबाट सामुदायिक वनको पुनस्र्थापना, वन्यजन्तुको वासस्थान विकास, भूक्षय नियन्त्रणका साथै स्थानीय समुदायले डाले घाँस, जडिबुटि, आयआर्जनका वैकल्पिक उपायहरु प्राप्त गर्ने अपेक्षा राखेको उपभोक्ता समूहका अध्यक्ष दान बहादुर थापाले बताउँछन् ।
स्थानीय समुदाय तथा विद्यार्थीहरुमा वातावरण संरक्षण, दिगो वन व्यवस्थापन, जलवायु परिवर्तन, जैविक विविधता, मानव–वन्यजन्तु द्वन्द्व तथा पर्यापर्यटन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरी सकेको कार्यव्रmम संयोजक सुभास चन्द्र खरेलले बताए ।

‘सामुदायिक वन भित्रका खालि जमिन र क्षयिकरण भएको क्षेत्रमा गरिने वृक्षरोपण कार्यले लोपोन्मुख वन्यजन्तुहरुका लागि अतिरिक्त वासस्थान प्रदान गर्नेछ’ उनले भने, ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्न मात्र नभई कार्वन संचित गर्न पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्छन् ।’ समृद्ध वनको माध्यमबाट वायुमण्डलमा भएको कार्वनडाइअक्साइड लिई विश्वव्यापी उष्णता न्यूनिकरण गर्न र हाल विश्वले भोगेको जलवायु परिवर्तनको असर कम गर्न पनि उत्तिकै महत्वपूर्ण रहेको खरेलले बताए ।
यस्तै उपभोक्ता समूहद्धारा खयर, सिमल, बाँस, हर्रो, बर्रो, मौवा, गोलमोहर, स्वामी, काव्रो, जामुन, अम्रिसो र अमलाका विरुवाहरु बृक्षारोपन गरेका छन् ।
सो कार्यक्रमको सहयोगी निकाय प्रकृति कार्यक्रम र संरक्षण नेतृत्वको लागि शिक्षा, कार्यन्वयन गर्ने संस्था वन्यजन्तुु संरक्षण संघ नेपाल र स्थानीय सहकार्य रारामधु मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गरेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्