सल्यानमा ७१ लाख बजेटबाट अक्सिजन प्लान्ट जडान

शुदाम शर्मा, सल्यान

सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । फिलिङ सिस्टम सहितको प्लान्टबाट ४० लिटर क्षमताको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने छ ।

यसअघि जिल्लामा अक्सिजन प्लान्ट नहुँदा खाली सिलिन्डर रिफिल गर्नको लागि दाङ, नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । अक्सिजन जडान सिलिन्डर रिफिल गर्न अन्य जिल्ला जानु पर्ने बाध्यता हटेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले बताए ।

अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेपछि सल्यानसँगै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका नागरिकलाई समेत सहजता हुने अस्पतालले बताएको छ । अव जिल्लामा अक्सिजन नपाएर कसैले पनि ज्यान गुमाउनु नपर्ने अस्पतालले बताएको छ। प्लान्टबाट पाइप लाइनबाट बेडमा अक्सिजन जडान गरिनु साथै छुट्टै सिलिन्डर पनि भर्न सकिने श्रेष्ठको भनाई छ ।