कोहलपुर ।
कोहलपुर नगरपालिकाले बाँकेमा पहिलो पटक प्रत्यक्ष प्रसारण गरी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बाँकेमा ८ पालिका मध्ये अहिलेसम्म कुनै पनि पालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक्ष प्रसारण गरेका छैनन ।
तर बिहिबार कोहलपुर नगरपालिकाले अफिसिल फेसकुब पेजबाट प्रत्यक्ष प्रसारण गरी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

काेहलपुर नगरपालिकाका फेसबुक पेजमा पहिलाे पटक लाइभ गरेकाे ।
कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो । सो सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै बक्ताहरुले कोहलपुरमा ढुवान, खानेपानी, विद्युत र शिक्षा, स्वास्थ्यको विषयमा निकै गम्भिर समस्याको विषयको रुपमा उठेको थियो ।
सो विषयलाई सम्बोधन गर्दै नगर प्रमुख पूर्ण आचार्यले खानेपानी र विद्युतका कार्यालयहरु संघिय सरकारले सञ्चालन गर्न पाउने अधिकार भएको हुनाले पहल गर्ने मात्र रहेछ तर हामीलाई अधिकार नदिएकोले केही सकेसम्म पहल गर्ने बताए ।

‘ढल निकासको विषयमा कार्यपालिकामा योे विषयमा गम्भिर रुपमा लिएका छौं’ उनले भने, ‘त्यसको निकास खोजिरहेका छौं । केही दिन अघि मात्र विपद् व्यवस्थापन सम्बन्धी सर्वपक्षिय बैठक समेत बसेको आचार्यले बताए ।
यस्तै अहिलेको डिजिटलको जमाना आइसक्यो त्यसकारणले काेहलपुर नगरपालिकाले प्रविधिलाई बढि जोड दिइरहेकाे छ ।
कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, १५ वटै वडाका वडा अध्यक्ष, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्