विराटनगर : विराटनगर बसपार्कमा एक जना पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा पुरुष मृत फेला परेका हुन् ।
यात्रु प्रतिक्षालयमा रहेको फलामको कुर्सीमै सुतेका उनी भोलिपल्ट बिहान मृत फेला परेका हुन्।
करिब ५५ वर्षीय मृतकको पहिचान खुलेको छैन् । हिजो बेलुका बसपार्कमा मान्छे अलमलिरहेको देखेपछि सुरक्षागार्डहरुले तपाईको घर कहाँ हो? सबै बस छुटिसके त भन्दा मृतकले आफु भारतको बिहारबाट भएको बताएको जानकारी आएको प्रहरीको भनाई छ ।
मृतकको साथमा एउटा प्लाष्टिकको झोला फेला परे पनि पहिचान खुल्ने कुनै कागजात नभेटिएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेको प्रहरीले जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्