विराटनगर बसपार्कमा एक जना भारतीय पुरुष मृत भेटिए

विराटनगर : विराटनगर बसपार्कमा एक जना पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा पुरुष मृत फेला परेका हुन् ।

यात्रु प्रतिक्षालयमा रहेको फलामको कुर्सीमै सुतेका उनी भोलिपल्ट बिहान मृत फेला परेका हुन्।

करिब ५५ वर्षीय मृतकको पहिचान खुलेको छैन् । हिजो बेलुका बसपार्कमा मान्छे अलमलिरहेको देखेपछि सुरक्षागार्डहरुले तपाईको घर कहाँ हो? सबै बस छुटिसके त भन्दा मृतकले आफु भारतको बिहारबाट भएको बताएको जानकारी आएको प्रहरीको भनाई छ ।

मृतकको साथमा एउटा प्लाष्टिकको झोला फेला परे पनि पहिचान खुल्ने कुनै कागजात नभेटिएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेको प्रहरीले जनाएको छ।