कोहलपुरमा डिएसपी खनालपछि मल्ल आए

काेहलपुर ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी नायव उपरीक्षक (डिएसपी) मा ऐनबहादुर मल्ल प्रमुख भएर आइपुगेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी रबिन्द्र खनालको ठाउँमा काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं २, महाराजगन्जबाट ऐन बहादुर मल्लको सरुवा गरेको छ ।

डिएसपी खनालको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा भएको छ । डिएसपी मल्लले वडा प्रहरी कार्यालय नेपालगन्जको प्रमुखका साथै जिल्ला ट्राफिक प्रहरी बाँकेको समेत प्रमुख भएर कार्य गरिसकेका  छन् ।