कोहलपुर ।
कोहलपुर नगरपालिकाको पशु सेवा शाखाले कृषकहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेको छ । सोमबार एक औपचारीक कार्यक्रम गरी गाई २ सय ७० र भैंसी ३ सय ३७ गरी जम्मा ६ सय ७ जना कृषकहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेको हो ।

कोहलपुर नगरपालिकामा पशु सेवा शाखाका प्रमुख गोविन्द रानाले आ.व. २०७८/०७९ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गतको कृषकहरुले पालन गरेका गाइ–भैसीको आहारामा पौष्टिक तत्वमा सुधार गरी उत्पादन तथा उत्पादनकत्व वृद्धि गर्ने मुल उद्देश्यले यो कार्यक्रम गरिएको रानाको भनाई छ ।

कृषकले पशुकाे बिमा गरेकाे रकमकाे ५० प्रतिशत अनुदानमा ६ सय ७ जना कृषकहरुलाई बिमा वितरण गरिएकाे थियाे । सोही अवसरमा ८ प्रकारका डालेघाँसहरु समेत वितरण गरिएको थियो ।

जसमा काब्रो, किम्बु, स्माट नेपियर, ग्वाटेमाला, इन्दु, भट्मासे, कोइराली, इपिल जस्ता डालेघाँसहरु वितरण गरिएको शाखाका कर्मचारी लोकेन्द्र बुढाले जानकारी दिएका थिए । सो कार्यक्रममा आर्थिक विकास शाखा प्रमुख विर बहादुर विक र पशु सेवा शाखाका अधिकृत छैठौ तिलक पसाद आचार्य लगायत अन्य कार्यालयका कर्मचारीहरु समेत उपस्थित रहेको थियो ।







कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्