कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवनको निर्माणका लागि सहयाेग गरिरहेेका छन् ।
बाँकेका उद्योगी, व्यापारी, संघ संस्थाहरुलाई सहयोग गर्ने क्रम जारी रहेकाे छ । कोहलपुर-२ मा रहेकाे हिमचुलि हार्डवयर्स प्रा.लि.का सञ्चालक श्याम के.सीले संघकाे निर्माणार्थ भवनकाे लागि ७५ बोरा सिमेन्ट सहयोग गरेका छन् ।
आर्थिक समस्याका कारणले रोकिएको सो बहुआयमिक भवन पुनः डेढ वर्षपछि काम सुरु भएको हो । करिब ४ करोड ५७ लाख ५९ हजार ४ सय १ रुपैया सत्ताइस रुपैयामा सो भवन बन्न लागेको हो ।
‘संघको नियमित प्रशासनिक आम्दानीबाट भवन निर्माण कार्य सम्भव नहुने भएपछि दाताबाट संकलित रकम र औद्योगिक व्यापार मेला, महोत्सव सम्पन्न गरी संकलित बचत रकमबाट संघको बहुआयमिक भवन बनाउने लक्ष्य राखिएको छ’ उनले भने,‘ अर्धकदको शालिक, शिलालेख, ताम्रपत्र सहित सम्मान, संघको संरक्षणको रुपमा रहने, सभाहलको नामाकरण, शिलालेखमा नाम, अनलाइन पत्रिकामा नामावली प्रकाशन, संघको बुलेटिनमा नाम, संघको सामाजिक सञ्जाल र सम्मान जस्ता वर्गिकृत गरी दाताहरुबाट रकम संकलन कार्य थालनि गरिएको छ ।’
अब ३ करोड ५० लाख जति आवश्यक छ, यसको लागि स्थानीय सरकारदेखि केन्द्रिय सरकारसम्म पहल गरी सम्पन्न गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
बहुआयमिक भवन निर्माण कार्य विश्वव्यापी फैलिएको कोरोनाका कारणले गर्दा डेढ वर्षदेखि निरन्तरता पाएको थिएन, । अबको १ वर्ष भित्र काम सम्पन्न हुने गरी कामको थालनी गरेका छौं त्यसैले उद्योगी, व्यापारी, संघ संस्थाहरुलाई सहयोग गर्न उवासंघका अध्यक्ष पौडेलको आग्रह गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्