Kohalpur Today Header Ads

नेपालगञ्जको गणेशमान चोकबाट ९ ग्राम ब्राउन सुगर सहित तिन जना पक्राउ




कोहलपुर ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोकबाट ९ ग्राम ब्राउन सुगर सहित तिन जना पक्राउ गरेको छ । आइतबार साँझ वडा प्रहरी कार्यालय नेपालगंज र लागुऔषध नियन्त्रण व्युरो बाँकेबाट खटिएको टोलीले ९ ग्राम ब्राउन सुगर सहित तिन जना पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण व्युरोका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोकमा ब्राउन सुगरको कारबारो भई रहेको छ भनि गोप्य सुचना आधारमा तीन जनालाई पक्राउ गरेको कोहलपुर टुडेलाई जानकारी दिएको छ ।

LIfe Ok

व्यूरोको टोलीका अनुसार ३ जना व्यक्तिलाई शंका लागि चेकजाँच गर्ने क्रममा निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा

१. जिल्ला बाँके नेपालगंज उ.म.न.पा. ८ बस्ने बर्ष २५ को आदित्य कुमार लखेर
२. ऐ.ऐ. वस्ने वर्ष ३० को रोहित कुमार श्रीवास्तब
३. देश भारत बहाराईच जिल्ला गंगापुर वस्ने वर्ष २२ को तिलक राम कुर्मी

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार