कोहलपुरमा राप्रपा द्वारा मूल्य वृद्धि विरुद्ध मसाल जुलुस




कोहलपुर ।

राप्रपाले नेपाल सरकारले केहिदिन अगाडी गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा रांके जुलुस सहितको नाराबाजी गरेको छ ।

सरकारले नेपाली जनताको  ढाड सेक्ने गरि गरिएको  यो मूल्य वृद्धि तत्काल फिर्ता लिन दबाब सिर्जना गर्न यो कार्यक्रम गरिएको राप्रपाका कोहलपुर नगर अध्यक्ष अर्जुनजंग शाहले कोहलपुर टुडेलाई जानकारी दिए  ।

कोहलपुर चौराहमा केही समय अगाडि मुल्यबृद्धि फिर्ता, किसानलाई मलखाद उपलब्ध, संघियता खारेज लगायत माँग सहित राप्रपा र त्यसका भातृसंगठनहरुले मसाल जुलुस प्रदर्शन गरेका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ९ गते बिहीबार