Kohalpur Today Header Ads

वाग्मतीमा २ लाख बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने




काेहलपुर ।

वाग्मती प्रदेशमा दुई लाखभन्दा बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तर्गत वाग्मती प्रदेशका १२ देखि १७ वर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो । यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलब्ध गराइएको वाग्मती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए ।

आइतबार मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान सुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान संचालन गर्ने छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न वाग्मती प्रदेशका सबै स्वास्थ्य ईकाईहरूलाई स्पष्ट निर्देशन दिइएको मन्त्री निमा लामाले बताए । उनले खोप सञ्चालन हुने जिल्लाका स्वास्थ्य ईकाईहरूले स्थानीय तह र विद्यालयहरूसंग समन्वय गरी लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाउने बताए ।

खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएकाले आफ्नो क्षेत्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप सुनिश्चित गर्न उनले अपिल समेत गरेका छन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ४ गते आइतबार