पञ्चमुखी ईमी स्कुलद्धारा नवआगन्तुक बालबालिकाका अभिभावकलाई अभिमुखिकरण




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ५ स्थित रहेको पञ्चमुखी ईमी स्कुलले नवआगन्तुक बालबालिकाका अभिभावकहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।

शुक्रबार एक औपचारीक कार्यक्रम गरी विद्यालयमा नयाँ बालबालिकाका अभिभावकहरुलाई करिब १ सय ५० जनाभन्दा बढि अभिभावकलाई सम्मान तथा अभिमुखिकरण गरिएको थियो ।

यस्तै अभिमुुखिकरण कार्यक्रममा बोल्दैै पञ्चमुखी ईमी स्कुलका सञ्चालक किशोर राज मल्लले विद्यार्थी, अभिभावक र विद्यालय त्रिपक्षीय रुपमा समन्वय गरी गुणस्तरीय शिक्षा प्रदान गरेको बताए ।

आफ्ना बालबालिकाहरुलाई एउटा सफल व्यक्ति बनाउनको लागि हरेक अभिावकले सकारात्मक सोचाइमा विकास गर्नुपर्ने र बालबालिकाहरुको इच्छालाई भन्दा पनि उसको आवश्यकतालाई हरेक अभिभावकले ध्यान दिनुपर्ने बताए । ‘हरेक कक्षा कोठामा सिसि क्यामराले निगरानी गरी अध्यापनलाई निकै मजबुद गरेका छौं’, ‘अहिले कक्षा कोठामा प्रोजेक्टमार्फत प्रविधि सहितको अध्ययनलाई प्र्राथमिकता दिएका छौं उनले भने ।’

यस्तै पञ्चमुखी ईमी स्कुलका प्रिन्सिपल डिल्लीराज घिमिरेले बालबालिकाले विहान १० बजेदेखि साँझ ४ बजेसम्म मात्र अध्ययनले पुग्दैन, त्यसमा अभिभावकको ठुलो महत्वपुर्ण भूमिका हुने बताए ।

यस्तै सिटिएफका परामर्शकर्ता रवि किरणले बालबालिकाको अगाडि के गर्न हुने के गर्न नहुने जस्ता विषयमा निकै गहण विषयमा अभिमुखिकरण दिएका थिए । अभिभावकले बालबालिकाको अगाडि झैझगडा, ठुलो स्वरले बोल्ने, अरुसंग तुलना गर्ने जस्ता क्रियाकलाप नगर्ने नगराउन जस्ता विषयमा जानकारी दिएका थिए । बालबालिकाहरुलाई बिहान ५ बजे उठाउने बानी बसाल्ने, संस्कार सिकाउँदै सानैदेखि आफूभन्दा ठूलालाई अदार तथा सानालाई माया गर्न सिकाउनुपर्ने बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १४ गते शनिबार