सल्यानमा रोकिराखेको बस अचानक दुर्घटना, ७ जना घाइते (नामावलीसहित)




सल्यान, जेठ ।

सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सिपेक्टर सन्तोष खनालले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा बागचौर नगरपालिका-८ कोटमौलाका ६३ वर्षीया चम्फा ढकाल, बागचौर नगरपालिका-८ कोटमौला ४८ वर्षीय अजमत कामी, सोहि ठाउँका ३६ वर्षीय दिपक योगी, ७५ वर्षीय लिलानाथ योगी घाइते भएका छन्।

यस्तै बागचौर नगरपालिका-९ का २३ वर्षीय मनिषा भण्डारी, छत्रेश्वरी-२ दहखोलाका २२ वर्षीय अन्जना गिरी, रोल्पाको गंगादेव गाउँपालिका(३ का डाँडापोखरीका ५८ वर्षिय दिलकुमारी खड्का घाइते घाइते भएको र घाइते सबैको अवस्था सामान्य रहेको छ ।

घाइते सबैको थारमारेमा रहेको जनप्रिय अस्पतालमा उपचार भइरहेको छ । रोकिराखेको बस अचानक दुर्घटनामा परेको प्रहरी प्रवक्ता खनालले बताए ।

बस दुर्घटनामा परेकै ठाउँमा टिप्पर दुर्घटना भएको र ओरालोसँगै बाटो साघुरो देखेपछि साइट हेर्न बस चालक गाडीलाई गेरमै राखेर बाहिर गएको समयमा बस दुर्घटनामा परेको हो ।

बसमा ३० जना बढी यात्रु सवार रहेको बुझिएको प्रहरी प्रवक्ता खनालले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार