कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । बिहिबार(आज) बिहान देखि नै चिकित्सक र कर्मचारीहरुले चार महिनादेखि तलव भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कल्यानकारी परिषद्का अध्यक्ष डा. विनोद महासेठको नेतृत्वमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको हो ।
महासेठका अनुसार ५ महिनादेखि तलब नपाएको भन्दै करिब ७ सय भन्दा बढि चिकित्सक, कर्मचारी र स्वीपर गरी आन्दोलनमा उत्रिएको बताए । उनीहरु आन्दोलनको पहिलो दिन अस्पताल प्रशासन अगाडी हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना बसेका थिए ।
चिकित्सकहरुले मासिक रुपमा पाउनुपर्ने तलव माघ महिनादेखि नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । प्रोत्साहन भत्ता रोकिएको पनि महिनौं वितिसकेको चिकित्सक अध्यक्ष महासेठले बताए ।

‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्नु रहर होइन, अस्पताल प्रशासनले तलबभत्ता नै नदिएपछि के गर्नु ?’ शुक्रबार र शनिबार पनि माग राख्दै आन्दोलन गर्छौ, सम्बोधन नभएपछि १६ गते अस्पतालका पुरै क्षेत्र बन्द गर्ने चेतावनी दिएका छन् ।
यस्तै अस्पताल प्रशासनले भने कोभिड महामारीकै असरले नियमित तलवभत्ता दिन गाह्रो भइरहेको बताएको छ । प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिले पनि अस्पतालमा परिरहेकाले समयमा तलवभत्ता दिन नसकिएको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्