Kohalpur Today Header Ads

यौन दुर्व्यवहार आरोपमा सौन्दर्य प्रतियोगिताका आयोजक पक्राउ




सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापाको दमकमा आयोजक संस्थाका प्रमुख पक्राउ परेका छन्।

सौन्दर्य प्रतियोगितामा सहभागीले उनीविरूद्ध उजुरी दिएपछि दमक प्रहरीले दमक–५ का लालबहादुर शंकर पक्राउ गरेको हो।

‘उनीविरूद्ध उजुरी आएपछि हामीले मंगलबार नियन्त्रणमा लिएर अदालतबाट सात दिनको म्याद थप गरेका छौं’, दमक प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले भने, ‘म्याद बुधबार थपेका हौं। अहिले अनुसन्धान जारी छ।’

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

दमकमै रहेको शंकर आर्ट्स फाउन्डेसनका निर्देशकसमेत रहेका लालबहादुर नृत्य प्रशिक्षकसमेत हुन्।

उनले ‘मिस्टर एण्ड मिस कलेज–२०२२’ प्रतियोगिता गएको वैशाखमा आयोजना गरेका थिए। त्यही प्रतियोगिता जिताइदिने प्रलोभन देखाउँदै उनले सहभागीलाई यौन दुर्व्यवहार गर्न खोजेको उजुरी आएको प्रहरीले जनाएको छ।

‘पीडितले उजुरी दिएपछि हामीले पक्राउ गरेर अनुसन्धान जारी राखेका छौं’, डिएसपी गिरीले भने,‘पीडितको मेडिकल रिपोर्ट आउने क्रममा छ। त्यसपछि थप तथ्य आउनेछ।’

पीडितले आफूलाई प्रतियोगिता जिताइदिने त्यसबापत के दिने भनेर बारम्बार तनाव दिएको उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार