कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका ३ मा रहेको क्षेत्रीय कारागारको पहिलो चरणको काम ४५ प्रतिशत काम पुरा भएको छ ।
शनिबार शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैनालीले पहिलो चरणको ४५ प्रतिशत काम भएको बताएका हुन् ।
पहिलो चरणको कामको लागि ४१ करोड बराबरको लगानीमा १५ सय कैदिबन्दी राख्न सक्ने क्षमताको कारागार निर्माण हुने लागेको महानिर्देशक मैनालीले बताए । यस्तै मैनालीका अनुसार १० विगाह जमिनमा ३ हजार क्षमताको क्षेत्रीय कारागार निर्माण हुन लागेको बताए ।
कैदिबन्दीहरुलाई स्वास्थ्य, खानेपानी, खेलकुद र अन्य आर्यआजनका कामहरु समेत यसमा राखिएको विभागका महानिर्देशक मैनालीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्