सञ्चारकर्मी वडाअध्यक्षका जिवन सिंह ठकुरीका ३ महत्वपूर्ण निर्णय

कोहलपुर ।

सल्यानको वनगाड कुपिन्डे नगरपालिका जनप्रतिनिधिहरुले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।

एक औपचारीक कार्यक्रम गर्दै पालिकाका अध्यक्ष, उपाध्यक्ष र १२ वटै वडाका अध्यक्ष सहित सदस्यहरुले समेत सपथ तथा पदभार ग्रहण गरेका छन् । यस्तै नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष जिवनसिंह ठकुरीले पदभार ग्रहणसंगसंगै ३ महत्वपूर्ण निर्णय गरेका छन् ।

यस्ता छन् निर्णय :

१. विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने ।
२.प्रत्येक टोलमा टोल सुधार समिति गठन गर्ने र सोही समिति मार्फत सबै कार्यहरु गर्ने ।
३.वडा कार्यालय र वडामा रहेका सबै सरकारी कार्यालयहरुलाई व्यवस्थित गरि सेवाग्राहीलाई प्रभावकारी र सहज सेवा प्रदान गर्ने ।