कोहलपुर उपप्रमुख सुवेदीले पदभार गर्दै भनिन् ‘न्यायिक सम्पादन प्रभावकारी गराउँछु’

कोहलपुर ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले पदभार ग्रहण गर्दै न्यायिक सम्पादनमा प्रभावकारी हुने बताएकी छिन् । बुधबार पदभार ग्रहण गर्दै सुवेदीले नगरपालिकाको उपप्रमुख नै न्यायिक समितिको संयोजक हुने व्यवस्था त्यसैले न्यायिक प्रणालीलाई प्रभावकारी र निष्पक्ष रुपमा न्यायिक कामहरु सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कोहलपुर नगरपालिका भित्रका न्यायिक समितिमा आउने उजुरीका आधारमा आफ्नो अर्काको नभनी निष्पक्ष रूपमा काम गर्ने बताइन् ।

यस्तै कोहलपुर नगरपालिका पूर्व उपप्रमुख सञ्जु चौधरीले नवनिर्वाचित उपप्रमुख संगिता सुवेदीलाई राय किताव हस्तान्तरण गर्दै भनिन्, न्यायिक सम्पादनमा कानुनी सम्बन्धी जानकार हुनुपर्ने बताइन् । उनका अनुनसार संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ ।

संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ स्थानीय तहको अधिकार सूचीसँग सम्बन्धित छ । सोही बमोजिम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था गरिएको छ । अनुसूची ८ बमोजिम गाँउ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप मध्यस्थताको व्यवस्थापन गर्ने अधिकार संविधानले सुनिश्चत गरेको पूर्व उपप्रमुख चौधरीले बताइन् ।

नवनिर्वाचित उपप्रमुख संगिता सुवेदीलाई न्यायिक समितिको संयोजक रहने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐेनले गरेको छ त्यसैले कानुनी तथा न्याय सम्पादनका विषयमा कमैमात्र जानकार भएपनि न्यायिक समिति संयोजकहरूलाई न्याय सम्पादनको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको चौधरीले बताइन् ।