बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीका ७ निर्णय

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका जनप्रतिनिधिहरुले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । सोमबार एक औपचारीक कार्यक्रम गर्दै पालिकाका अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडाका अध्यक्ष सहित सदस्यहरुले समेत सपथ तथा पदभार ग्रहण गरेका छन् ।

यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले पदभार ग्रहणसंगसंगै ७ महत्वपूर्ण निर्णय गरेका छन् ।

यस्ता छन् निर्णय :

१. नौवस्ता औद्यौगीक क्षेत्र व्यवस्थापन अव्यवस्थित भूमिहिन दलित सुकुमबासी बस्तिको व्यवस्थापन गर्ने ।
२. किसानसँग अध्यक्ष कार्यक्रम गर्ने ।
३.वडा स्तरमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने ।
४. विपन्न परिवारलाई मृत्यु संस्कार गर्नका लागि नगद ५ हजार दिने ।
५.गाउँपालिकामा २० दिन भित्र जन्म दर्ता गराए शिक्षाका लागि बैंक मौजदा नगद २ हजार बैक खातामा बचत गर्ने ।
६. नेपाल सरकारले घोषणा गरेको २० युनिट विद्युतमा थप १० गरी कुल ३० युनिट विद्युत निःशुल्क गर्ने ।
७.पूरा दरबन्दी भएका माध्यमिक तहसम्म पुर्ण रूपमा निःशुल्क शिक्षा दिने ।