कोहलपुर ।
कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । कोहलपुर नगरपालिकाका प्रमुुख तथा उपप्रमुख सहित १५ वटै वडाहरु अध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका जिल्ला न्यायाधिश खडानन्द तिवारीले साेमबार दिउसो करिब ४ बजेको समयमा सपथ खुवाएका थिए ।

जिल्ला न्यायाधिशले सपथ खुवाएपछि कोहलपुर नगरपालिकामा औपचारीक कार्यक्रम गरी साेमबार साँझ करिब ७ बजेको समयमा कोहलपुरका उपप्रमुख संगिता सुवेदी, वडाअध्यक्ष र सदस्यहरुलाई समेत सपथ खुवाएका थिए ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्