कोहलपुरका जनप्रतिनिधिहरुद्वारा सपथ ग्रहण (फोटो फिचर)

कोहलपुर ।

कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । कोहलपुर नगरपालिकाका प्रमुुख तथा उपप्रमुख सहित १५ वटै वडाहरु अध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका जिल्ला न्यायाधिश खडानन्द तिवारीले साेमबार दिउसो करिब ४ बजेको समयमा सपथ खुवाएका थिए ।

जिल्ला न्यायाधिशले सपथ खुवाएपछि कोहलपुर नगरपालिकामा औपचारीक कार्यक्रम गरी साेमबार साँझ करिब ७ बजेको समयमा कोहलपुरका उपप्रमुख संगिता सुवेदी, वडाअध्यक्ष र सदस्यहरुलाई समेत सपथ खुवाएका थिए ।