लालपूर्जा वितरण गर्ने मेरो पहिलो निर्णय : कोहलपुर १ का वडा अध्यक्ष बद्रि जैसी




कोहलपुर ।

कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् ।

कोहलपुर नगरपालिकाका १५ वटै वडाहरु मध्ये केही वडामा भने सोमबार गरे भने केही वडाहरुमा मंगलबार(आज) पदभार ग्रहण गर्दैछन् ।

जनताहरुलाई लालपूर्र्जा वितरण गर्ने पहिलो निर्णय गर्दै कोहलपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष बद्री जैसीले पदभार ग्रहण गरेका छन् । उनले तीन वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

जसमध्ये लालपूर्जा वितरण, नियमित कामकाजलाई छिटो छरितो जनताको सेवा गर्ने, घोषणा पत्रमा रहेका बुँदाहरुलाई अक्षरांस पालना गर्दै पुरा गर्ने भन्दै महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १० गते मंगलबार