पदभार गर्नुअघि सहिद भोजबहादुर चन्दको स्मृतीकाे नाममा १ लाखकाे अक्षय कोष स्थापना

कोहलपुर ।

काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले पदभार गर्नुअघि रचनात्मक कामको सुरुवात गरेका छन् । कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक बिद्यालयमा स्वर्गिय भोजबहादुर चन्दको स्मृतीमा नगर प्रमुख आचार्य र उपप्रमुख सुवेदीले सोमबार अक्षय कोष स्थापना गरेका हुन् ।

 यस्तै कार्यक्रममा बाेल्दै आचार्यले विपन्न परिवार र द्वन्द्व पिडित परिवारका बालबालिकाहरूलाइ अध्यापन गराउनका लागि अक्षय कोष स्थापना उनकाे भनाइ थियाे ।

स्वर्गिय चन्दको तत्कालिन माओवादी सशस्त्र द्धन्द्धका क्रममा मृत्यु भएको थियो । स्वर्गिय चन्दको पत्नी र छोरा छोरीको उपस्थिती एक समारोहका बीच एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो । उक्त कार्यक्रममा नगर प्रमुख आचार्य र उपप्रमुख सुवेदीले स्वर्गिय चन्दप्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

तत्कालिन नेपाल बिद्यार्थी संघ बाँकेको अध्यक्ष हुँदा पनि आचार्यले यस्तै रचनात्मक काम गर्दै आएका थिए । यसअघि पनि उनले त्रिभुवन माध्यमिक  विद्यालय र अन्य विभिन्न विद्यालयमा द्धन्द्धकालका सहिदको सम्झनामा अक्षय कोष स्थापना गरेका थिए ।