कोहलपुर ९ मा माओवादी केन्द्रकाे तर्फबाट अध्यक्षमा ओपेन्द्रनाथ योगी र काँग्रेसका ४ सदस्य प्यालन विजयी




कोहलपुर ।

कोहलपुर नगरपालिका ९ मा माओवादी केन्द्रले फराकिलो अन्तरले वडा अध्यक्ष पदमा विजयी भएका छन् ।

माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदमा ओपेन्द्रनाथ योगीले ६७४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद थारुले ५६६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नन्दराम थारू ४९६ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसको तर्फबाट सुनिता राना विष्ट, कामी चमारनी, बलिराम अहिर र ललन अलि साईले क्रमशः ६६९, ६०२, ६३० र ५९५ मत प्राप्त गरी विजयी भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ८ गते आइतबार