कोहलपुरमा ५० लाखको लगानीमा पहिलो पटक रोधि घर सञ्चालन (भिडियो सहित)

Featured Video Play Icon

कोहलपुर ।

कोहलपुर नगरपालिकामा पहिलो पटक कोहलपुर रोधी घर एण्ड थकाली भान्सा घर ५० लाखको लगानीमा सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क नजिकै शुक्रबारदेखि सञ्चालनमा आएको छ । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौैडेलले उद्घाटन गरेका थिए ।

 

उद्घाटनको क्रममा बोल्दै पौडेलले कोहलपुरमा शहरको विकाससंगसंगै मनोरञ्जन आवश्यक हुने बताए । उनका अनुसार दिनभरी काममा व्यस्थ भएका व्यक्तिले आरमदायीको महशुस गराउने गरी रोधी घर सञ्चालन ल्याएकोमा सफलताको शुभकामनाका साथै बधाई दिएका थिए ।

यस्तै रोधी घरका सञ्चालक रमेश चौधरीले रोधी घरमा लोकदोहोरी र थकाली भान्सा घर ५० लाखको लगानीमा सञ्चालन गरेको बताए । ९ वटा टेबुलमा ९ वटा लोकप्रिय क्षेत्रको नाम राखिएको छ उनले भने सबै टेबुलबाट नृत्य र लोकगितमा रमाउन र मनोरञ्जन गर्नका सञ्चालनमा ल्याइएको छ । गेष्टहरुलाई थकाली खानाको समेत व्यवस्था गरिएको सञ्चालक चौधरीले बताए ।