Kohalpur Today Header Ads

कोहलपुरमा ११ वटा वडाको मतगणना सकियो, नेपाली काँग्रेसको फराकिलो अग्रता लिँदै




कोहलपुर ।

कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । ११ वटा वडा मतगणना गर्दा नेपाली काँग्रेसले अझै अग्रता कायमै राखेको छ ।

नेपाली काँग्रेसले मेयर पदका उम्मेदवार पूर्ण आचार्यले १०२७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले ९५९७ मत प्राप्त गरेका छन् । नेककातर्फका मेयर पूर्ण आचार्यले ६७९ मतले अगाडि छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै नेककातर्पmबाट उपमेयरमा संगिता सुवेदीले १०५५७ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्द्वी अस्मिता कुमारी थारुले १०४५८ मत प्राप्त गरेकी छिन् । नेककातर्फकी उपमेयर संगिता सुवेदीले ९९ मतले अगाडि रहेकी छिन् ।

यस्तै नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन गरिएको थियो । जसमा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानले ८३३३ मत प्राप्त गरेका छन् भने एसको तर्फबाट उपमेयरमा ४३३७ मत प्राप्त गरेकी छिन् ।

कोहलपुर नगरपालिकाका १, २, ३, ४, ५, ११ १२, १३, १४ र १५ वडा नम्बर गरी ६ वटा वडाको अन्तिम मत परिणाम को आधारमा तयार गरिएको हो । जसमा ३३५०३ मत गणना भैसकेको छ । कोहलपुर वडा नम्बर १० को मतगणना सुरु भएको छ ।

कोहलपुरमा नेकपा माओवादी केन्द्रले १, एमाले ३ र अन्य ७ वटा वडा नेपाली काँग्रेसले जितेको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार