कोहलपुर ६ मा नेपाली काँग्रेसका अध्यक्ष सहित प्यानल नै विजयी




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेस प्यानलले नै विजयी भएको छ । कोहलपुर नगरपालिकामा ६ मा २४९१ मतदाता भएको वडामा १९९९ मत खसेको थियो । नेपाली काँग्रेका तर्फबाट वडा अध्यक्ष श्रीकृष्ण थारु सहित प्यानल नै विजयी प्राप्त गरेका छन् ।

काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा श्रीकृष्ण थारुले ८२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेको तर्फबाट वडा अध्यक्ष पदमा परदेशी थारुले ५६१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामशरण थारुले ४२३ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसको तर्फबाट सदस्यमा लिला देवि रेग्मी ८२६, सुनिता सुनार ले ८५१ गोेविन्द वाग्ले ७८७, पिठु थारु ८४५ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै नेकपा एमालेका सदस्य भविसरा थापाले ५३४, दिपा कुमारी विकले ४९७ नन्दा मल्ल चन्द्रले ५१८, नारायण पोखे्रलले ५२९ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनको तर्फबाट माओवादी केन्द्रको तर्फबाट सदस्यमा सिता सापकोटा ३९८, दिपा विक ३९०, राम प्रसाद थारु ३७५ र एसको तर्फबाट फागु थारु १५८ प्राप्त गरेका छन् । अहिले वडा नम्बर १० को मतगणना सुरु भैसकेको छ ।

यस्तै कोहलपुर निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार दुई जना सदस्य चिन्हमा अधिकत मत बदर भएको बताएको छ । जसमा ५९५ बदर भएको छ । यस्तै मेयर पदमा १२२ उपमेयरमा २६८, वडा अध्यक्षमा १०७, महिला सदस्यमा १५०, दलित महिला सदस्यमा १८९ र सम्पूर्ण रुपमा मत बदर संख्या ८ रहेको बताएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार