कोहलपुरमा १० वटा वडाको मतगणना सकियो, नेपाली काँग्रेसको मेयर ३२४, उपमेयरमा १२ मतले अगाडी

कोहलपुर  ।

कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।

१० वटा वडा मतगणना गर्दा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । नेपाली काँग्रेसले मेयर पदका उम्मेदवार पूर्ण आचार्यले ९४१२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले ९०८८ मत प्राप्त गरेका छन् । नेककातर्फकी मेयर पूर्ण आचार्यले ३२४ मतले अगाडि रहेका छन् ।

यस्तै नेककातर्पmबाट उपमेयरमा संगिता सुवेदीले ९७६१ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्द्वी अस्मिता कुमारी थारुले ९७४९ मत प्राप्त गरेकी छिन् । नेककातर्फकी उपमेयर संगिता सुवेदीले १२ मतले अगाडि रहेकी छिन् ।

यस्तै नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन गरिएको थियो । जसमा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानले ७९२९ मत प्राप्त गरेका छन् भने एसको तर्फबाट उपमेयरमा ४१८९ मत प्राप्त गरेकी छिन् ।

कोहलपुर नगरपालिकाका १, २, ३, ४, ५, ११ १२, १३, १४ र १५ वडा नम्बर गरी १० वटा वडाको अन्तिम मत परिणाम को आधारमा तयार गरिएको हो । जसमा ३१५०४ मत गणना भैसकेको छ । कोहलपुर वडा नम्बर ६ को मतगणना सुरु भएको छ ।

कोहलपुरमा नेकपा माओवादी केन्द्रले १, एमाले ३ र अन्य ६ वटा वडा नेपाली काँग्रेसले जितेको छ ।