Kohalpur Today Header Ads

कोहलपुर ११ मा १२०० मत गन्दा एमालेको अध्यक्ष सहित प्यानल नै अग्रता




कोहलपुर ।

कोहलपुर नगरपालिका ११ मा नेकपा एमालेको प्यानलले नै अग्रता देखिएको छ । कोहलपुर नगरपालिकामा ११ मा ६५६० मतदाता भएको वडामा ४५८१ मत खसेको थियो । जसमध्ये १२०० मत गन्दा एमालेका तर्फबाट वडा अध्यक्ष पद सहित ४ सदस्यहरुको अग्रता लिएको छ ।

जसमा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा कल्पना अधिकारी शर्माले ३८० मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रको वडा अध्यक्ष पदमा धर्मसिह कार्की (शुवास)ले ३२६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा ३१९ मत प्राप्त गरेका छन् ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

यस्तै एमालेको तर्फबाट सदस्यमा गिता चलाउनेले ३७६, सारा परियारले ३७७, बजु थारुले ३५५, सुधन ढकालले ३७३ मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रको तर्फबाट सदस्यमा युवराज भण्डारीले ३१४, सिता थारुले ३३१, आमृता परियारले ३१६ र एसको तर्फबाट हिमलाल घिमिरेले २५१ प्राप्त गरेका छन् ।

यस्तै नेपाली काँग्रेसका सदस्य सावित्री गिरीले ३१५, आशा विकले ३२० गंगा राम थारुले ३९६, प्रताव खत्रीले ३१५ मत प्राप्त गरेका छन् । अहिले थप मत गणना जारी छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार