Kohalpur Today Header Ads

सल्यानमा संचारकर्मी जीवन सिँह ठकुरी वडा अध्यक्ष सहित प्यानल विजयी




कोहलपुर ।

सल्यानमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष सहित प्यानल विजयी भएकोे छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदमा जिवन सिंह ठकुरीको प्यानल सहित विजयी भएका छन् । सिंहले ६६६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश बस्नेतले ५७१ मत प्राप्त गरेका थिए ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

लामो समय जन्म थलो सल्यानदेखि संचारक्षेत्रमा सकृय रहेका ठकुरी पछिल्लो समय रेडियो प्रतिबोध एफएममा बाँकेमा कार्यरत थिए ।

यस्तै माओवादी केन्द्रको तर्फबाट सदस्यहरुले पुष्कर विसी ६४८, बहादुर कुँवर ६५४, सीता कुमारी शाहु ६५७ र दलित महिला सदस्य सिता परियार ६५७ मत प्राप्त गरी विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी नेकपा एमाले तर्फबाट सदस्यहरुले ललित कुमार बुढा ५७६, तिलक खड्का ५७१, खिमा रोकाय ५७४, रिमा विक ५७८ मत प्राप्त गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार