कोहलपुर १२ मा अध्यक्षमा नेपाली काँग्रेसका विरेन्द्र कुमार शाह र एमालेका ४ सदस्य प्यालन विजयी

कोहलपुर ।

कोहलपुर नगरपालिका १२ मा नेपाली काँग्रेसले फराकिलो अन्तरले वडा अध्यक्ष पदमा विजयी भएका छन् । कोहलपुर निर्वाचन आयोजका अनुसार नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा विरन्द्र कुमार शाहले १ हजार ६ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन ।

नेकाका शाहले १ हजार ६ सय ६९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट टेक बहादुर शाहीले १ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट निरक शाहीले ६ सय ३१ म्त प्राप्त गरेका छन् ।

यस्तै सदस्यहरुमा नेकपा एमालेकोे तर्फबाट ४ सदस्य विजयी भएका छन् । जसमा मनिसरा श्रेष्‍ठ,  पान सरि बाठा, दोहना प्रसाद थारु र समर बहादुर थापाले क्रमशः १५३१ १४८३, १४९१, १४१४ मत प्राप्त गरी सदस्य प्यानल सहित विजयी भएका हुन् ।

यस्तै उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट श्याम कुमार अधिकारी, झुपरे कामी, दयारानी चौधरी र कलिसरा विकले क्रमशः १२६३, १३६७, १४२२ र १३८५ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादी केन्द्रकातर्फबाट टिकाधनी कामी, दुर्गा तारम मगर, देविन सुवेदी र लाल बहादुर खड्कले क्रमशः ६५४, ६२८, ५९३ र ० मत प्राप्त गरेका छन् ।

यस्तै निर्वाचन आयोगका अनुसार अधिकत मत बदर भएको बताएको छ । मेयर पदमा २३५, उपमेयरमा ४८७, वडा अध्यक्षमा २४६, महिला सदस्यमा २८५, दलित महिला सदस्यमा ३५७, दुई वडा सदस्यमा ७७ १०५० मत बदर भएको र सम्पूर्ण रुपमा मत बदर संख्या ३६ रहेको बताएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ मा ५६४१ मध्ये ४०२१ मत खसेको थियो ।