कोहलपुर, बांके जिल्लामा ८ स्थानीय निकाय रहेका छ्न । हाल सम्मको मतपरिणाम अनुसार बाँके जिल्लाको ८ वटा पालिका मध्ये ३ वटा पालिकाको मतगणना सकिएक छ जसमा नेपाली कांग्रेसले राप्तीसोनारी गाउपालिका प्रमुख तप्त पौडेल र उपप्रमुख मनिशा सिंह थारुले जितेका छ्न । डुडुवा गाउपालिकामा पनि कांग्रेसले प्रमुख नरेन्द्र कु.चौधरी र उप-प्रमुक साहिदा बानोले जित हासिल गरेका छ्न । खजुरा गाउपालिकामा माओवादी केन्द्र प्रमुख डम्बर बिक र कांग्रेसकि उप- प्रमुख मन्जु मल्लले जित हासिल गरेका छ्न । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसका प्रसान्त विस्ट सहित उप प्रमुखमा गठबन्धनकोअग्रता छ । कोहलपुर नगरपालिकामा कांग्रेसले प्रमुख र उप प्रमुखमा अग्रता लिएको छ । बैजनाथमापनी कांग्रेसको अग्रता रहेको छ । बांकेमा यो पटकको स्थानीय निर्वाचनमा कांग्रेसले धेरै पालिका जित्ने निश्चित नै रहेको देखिन्छ । अन्य पालिकामा पनि अग्रता नै रहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्