कोहलपुर १३ मा कांग्रेसका डम्बर खड्का विजयी कांग्रेसको अग्रता

कोहलपुर  ।

कोहलपुर नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका वडा अध्यक्ष डम्बर खड्का सहित एक जना महिला सदस्यले जित हासिल गरेका छ्न । कोहलपुर नगरपालिका वडा नम्बर १३ को २८२२ अन्तिम मत परिमाण मध्ये  कांग्रेसका खड्काले १०२० मत प्राप्त गरि विजयी भएका छ्न । उनका निकटतम प्रतिद्वन्दी एमालेका रुपसिह डांगिले ८८८ मत प्राप्त गरेका छ्न ।

त्यस्तै उक्त वडामा नेकपा एमालेका खिल प्रसाद भुसाले ८७७ उप मेयर अस्मिता थारुले ९३६ प्राप्त गरेका छ्न । नेपाली कांग्रेसका पूर्ण प्रसाद आचार्यले ८८२ र उपमेर संगिता सुवेदीले ८६३ मत प्राप्त गरेका छ्न । माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ५७६ तथा समाजवादी नारायणी वलीले २४६ मत प्राप्त गरेका छ्न ।  राप्रपाको हलोले मेयर  ३४५ उपमेयर ४०८ र  वडा अध्यक्ष  ४७७ प्राप्त गरेका छ्न ।

उक्त वडामा ३ वटा वडा सदस्य नेकपा एमालेले जित हासिल गरेको छ । २०७४ सालमा नेकपा एमालेले जित हासिल गरेको उक्त वडा कांग्रेसले भत्काएको छ । यो संगै कांग्रेसले कोहलपुरमा वडा नं २, १४, १५ जितेको र यो वडा सहित ४ वटा वडामा जित हासिल गरेको छ  भने नेकपा एमालेले वडा नं ३ मात्र र माओवादी एस गठबन्धनले एक वडा मात्र जित हासिल गरेको छ । मेयरमा भने कांग्रेसका आचार्यको अग्रता कायमै रहेको छ । अहिले वडा नं ४ को मतगणनाको तयारी हुदैछ ।