कोहलपुर, बांकेको डुडुवा गांउपालिकामा नेपाली काङ्ग्रेसका महासमिति सदस्य नरेन्द्र चौधरी दोस्रो कार्यकालको लागि डुडुवा गाउँ पालिकाको प्रमुखमा निर्वाचित भएका छ्न । यो संगै बाकेका ८ स्थानीय निकाय मध्ये नेपाली कांग्रेसले २ गाउँपालीकामा जित हासिल गरेको छ । यस् अघि राप्तिसोनारी गांउपालीकाको अध्यक्ष र उपाध्यक्ष जिति सकेको छ । अहिले नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका प्रसान्त विस्टले दोब्बर मतका साथ अग्रता लिएका छ्न भने कोहलपुरमा प्रमुख तथा उप प्रमुखमा कांग्रेसका पूर्ण प्रसाद आचार्य र संगिता सुवेदीको अग्रता कायम छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्