कोहलपुर ३ मा नेकपा एमालेले खाता खोल्यो




कोहलपुर ,                                                                         कोहलपुर नगरपालिका वडा नं  ३ मा नेकपा एमालेले पुरै प्यानल विजयी हासिल गरेको छ । नेकपा एमालेक माधव रिजालले वडा अध्यक्ष सहित पुरै प्यानल जितेको हो । वडा नं ३ मा एमालेले सानदार जित हासिल गरेको छ । माधव रिजालले १३०६ मत प्राप्त गरेका थिए ।  रिजालले  २०७४ मा पनि वडा अध्यक्ष जितेका थिए । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका सहोदर दाजुले ९०० मत प्राप्त गरेका थिए । यस वडाम नेकपा एमालेले मेयर तथा उपमेयरम अग्रता लिएको भएपनी हाल सम्मको मतपरिणाम अनुसार नगरपालिका प्रमुख र उप प्रमुखमा क्रमशः कांग्रेसका पूर्ण आचार्य र संगिता सुवेदीको अग्रता कायमै रहेको छ । कोहलपुरमा अहिले सम्म ५  वडाको मत परिणाम आएकोमा वडा नं १ माओवादी केन्द्रले जितेको छ भने वडा नं २, १५, १४ कांग्रेसले जितेको छ । अहिले वडा नं ३ को मतगणना भइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार