रुकुम पश्चिमको बांफिकोटमा कांग्रेसको अग्रता कायमै

कोहलपुर,                                                                    रुकुम पश्चिमको एक पालिकामा अनौठो परिणाम आउने संभावना । रुकुम पश्चिमको बाँफीकोट गाँउपालिकाको १० वटा मध्ये ०६ वटा वडाहरुमा मतगणना सम्पन्न भएको छ। अहिलेसम्म ०५ वटा वडाहरुमा माओवादी केन्द्रको प्यानल विजय भएको छ भने  वडा नम्बर २ वडामा मात्र कांग्रेसको प्यानल विजय भएको छ। तर अचम्मको कुरा के छ भने ०५ वडाहरु हारेर पनि पालिका उमेदवार कांग्रेसका जनक कुमार बाँठा मगर माओवादी केन्द्र को पालिका उमेदवार भन्दा ५५ मतले अगाडि छन्। अब ०४ वटाको मतगणना गर्न बाँकी रहेको छ जसमा वडा नम्बर ५ मा कांग्रेसको गठबन्धन एमालेसंग छ। यो वडा कांग्रेसको बलियो मानिएको छ। वडा नम्बर ४,६ र ७ वडाहरुमा माओवादी केन्द्रले जिते पनि जेके बाँठालाई क्रस मत आउने निश्चित जस्तो देखिन्छ । अन्य माओवादी केन्द्रले जितेका वडाहरुमा जेके बाँठालाई क्रस मत आएको देखिन्छ । यस्तो भएमा कांग्रेस उमेदवार जेके बाँठा पालिका अध्यक्ष हुने संभावना बढेर जान्छ। के रुकुम पश्चिमका जनताहरु क्रस मत हाल्न सक्ने भएर सचेत भएकै हुन ।