राप्ती सोनारीमा नेकपा एमालेको खाता खुल्यो

कोहलपुर,                                                                  बांकेको राप्ती सोनारी गाउँपालिका वडा ३ मा ने.क.पा एमालेले पुरै प्यानल सहित विजयी भएको छ । नेकपा एमाले राप्ती सानारी गाउँपालिका वडा न. ३ का अध्यक्षका उम्मेवार मिन कुमार थारुले १ हजार ३ सय ४३ मत ल्याएर विजय हुनुभएको छ । यसै गरी महिला सदस्यमा सुमित्रा कुमारी थारुले १ हजार ३ सय १३ मत ल्याएर विजय हुनु भएको छ । त्यसैगरी दलित महिला सदस्य रीता दमाईले १ हजार ३ सय १२ मत ल्याई विजय हुनु भएको छ र खुल्ला सदस्य तर्फ पुन्वा थारुले १ हजा २ सय ९९ र मंगल बहादुर वलीले १ हजार २ सय ८९ मत ल्याएर विजय हुनु भएको हो । यो संगै राप्ती सोनारी गाउँपालिकामा नेकपा एमालेको खाता खुलेको छ ।