कोहलपुर,
कोहलपुरको स्थानीय निकायको निर्वाचनमा अहिले सम्म ४० प्रतिशा मत खसेको निर्वाचन अधिकृतले जानकारी दिए । अहिले सम्म कुनै पनि मतदान केन्द्रमा शान्त तथा भयरहित रूपमा मतदान भैरहेको छ । स्थानीय निकायको निर्वाचनमा हर्ष र उल्लासका साथ मतदाताहरुको सहभागी रहेको छ । आम कोहलपुर बासिको लागि आज भाग्य र भविस्यको छनौट गर्ने अधिकार आम कोहलपुर बासीमा रहेको छ । बिगत भन्दा यो पट्क सबै दलहरूले युवालाई नेतृत्व दिएकोले अ आफ्नो पार्टीले जित्ने दाबी गरेका छ्न । अहिले बांके जिल्लामा ४३ डिग्री गर्मीमा पनि निकै हौसला पुर्वक मतदान गरेको जेष्ठ नागरिक नन्द कुमार शर्मा आचार्यको भनाई रहेकोे छ । उनका अनुसार हामिले मरि मरि मतदान गरेका छौ भोलि कोहलपुरको विकासको लागि जुनसुकैले जितेपनि अहोरात्र खटिएर विकास गर्नु पर्द्छ । यो गर्मीमा कैयन मतदाताहरु बेहोस भएका थिए । अहिले कोहलपुरको स्थानीय नेतृत्वको लागि नेपाली कांग्रेसबाट पुर्ण प्रसाद आचार्य, नेकपा एमालेबाट खिल प्रसाद भुषाल, नेकपा माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने, राप्रपा बाट प्रदिप कुमार शाह तथा स्वतन्त्र बाट देवानन्द अर्याल चुनावी प्रतिस्पर्धामा रहेका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्