नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले सूचना विभागबाट जारी भएको ‘पत्रकार परिचयपत्र’ का आधारमा मात्र निर्वाचनका दिन मिति २०७९ साल वैशाख ३० गते भोलि निर्वाध रूपमा सवारी चलाउन पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार महासंघको आग्रहमा सूचना विभागले जारी गरेको ‘पत्रकार परिचयपत्र’ भएकाले पास लिनु पर्ने छैन । परिचय पत्र नहुनेको हकमा सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुने छ । रिपोर्टिङका लागि सबै पत्रकारले सहज पहुँच पाउनुपर्छ भन्ने मान्यता पत्रका महासंघको रहेको छ । यो कार्यका लागि सहज बनाउने कार्यमा ध्यान आकर्षण गर्न निर्वाचन आयुक्तलाई बुझाउन आज दिनभर लागेको थियोे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्