Kohalpur Today Header Ads

बागेश्वरी क्याम्पसमा विद्यार्थीसंग अन्तक्रिया




Sagarmatha CC TV

कोहलपुर ।

बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुसंग एक औपचारीक कार्यक्रम गरी अन्तक्रिया कार्यक्रम गरेको छ । आइतबार नेपाल विद्यार्थी संघको आयोजनामा क्याम्पसमा भए गरेका गतिविधि, समस्याहरुको बारेमा बुझ्दै कोहलपुर नगरपालिकाका मेयरका प्रत्यासी पूर्ण आचार्यले बागेश्वरी क्याम्पसका समस्या समाधान गर्नेतर्फ मेरो पहिलो प्राथमिकता हुने विश्वास व्यक्त गरे ।

उनले नेपाली काँग्रेस कोहलपुरले आफ्नो घोषणा पत्रमा प्राथमिकता दिएर बागेश्वरी बहुमुखी क्याम्पसमा सञ्चालित सबै स्नातकोत्तर तहका कार्यक्रमलाई आधुनिक र व्यवस्थित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

यस्तै उनले बागेश्वरी बहुमुखी क्याम्पसमा हाल सञ्चालनमा रहेका सबै संकायमा स्नातकोत्तर तहका कार्यक्रममा प्राविधिक कार्यक्रमहरू विस्तार गरी पश्चिम क्षेत्रकै उत्कृष्ट उच्च शिक्षा प्रदान गर्ने क्याम्पसको रूपमा विकास गर्न पहल गर्ने उप-मेयरकी प्रत्यासी संगिता सुवेदीले बताइन् ।

यस्तै सुवेदीका अनुसार नगरपालिका भित्र सञ्चालन गरिने विभिन्न योजना, आयोग तथा नीति निर्माण गर्नका लागि अनुसन्धान गरि कार्यलाई शसक्त रूपमा कार्यान्वयन गर्दै क्याम्पसको दक्ष जनशक्ति र प्राध्यापक सहितको विज्ञ टोली गठन गरी अनुसन्धान कार्य अगाडि बढाइने बताइन् ।

नेपाली काँग्रेसबाट नगर प्रमुख र उप प्रमुख दुबै बागेश्वरी क्याम्पसको पूर्व विद्यार्थी भएकाले क्याम्पसको सर्वाङ्गिण विकासमा अति नै संवेदनशील रहेको धारणा व्यक्त गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २५ गते आइतबार