Kohalpur Today Header Ads

‘डुडुवा र रोहिणी खोलामा तटबन्ध गर्नेे प्रतिबद्धता’




Sagarmatha CC TV

कोहलपुर ।

कोहलपुरका नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका प्रत्यासी पूर्ण आचायले डुडुवा र रोहिणी खोलामा तटबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार घरदैलो कार्यक्रममा कोहलपुर वडा नम्बर १२ की बृद्ध दिलसरा थारुले मेयरका प्रत्यासी पूर्ण आचार्र्यकोे शिरमा हात राखेर भनिन्, मलाई डुडुवा र राहिनी खोलाबाट बचाईदिनुहोस्, तपाईले कोहलपुरमा चुनाव जित्नुभो, मेरो आर्शिबाद बाबु, भन्दै गहकिला शब्द प्रयोग गर्दै अब युवाको हातमा कोहलपुर नगरपालिका जाने भो त्यसैले मेरो आशा भरोसा अब पूर्ण बाहेक अरु कोही नभएको बृद्ध आमा दिलसरा थारुले बताइन् ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

डुडुवा र रोहिणी खोलाले बर्सेनि कटान गरी असुरक्षित बनाएको छ उनले भनीन्, यसको दीर्घकालीन योजना बनाई काम गर्ने बाबु तिम्रो जिम्मा यो वर्र्ष दिनेछु, यो पटक चुनाव जित्नुहुन्छ भनेर आर्शिबाद दिइन् ।

वृद्ध आमाको कुराले भावुक हुँदै पुर्ण आचार्यले भने, वडा नं १२ मा डुडुवा र रोहिनी खोलामा तटबन्ध गर्ने, सहिद चोक बहादुर खत्रीको नाममा एक लाख पचास हजारको छात्रवृत्ति, त्रिभुवन माध्यमिक विद्यालयमा कोहलपुरमा अक्षयकोष स्थापित गरेको र अब सहिदको ज्ञान ज्योति मावि चपरगौडिमा एक लाखको अक्षयकोष स्थापन गर्ने प्रतिबद्धता गरेका थिए ।

उनले मध्यवर्ती क्षेत्रमा बन्यजन्तुको आक्रमणबाट बच्नका लागि निकुञ्जमा तारबार गर्ने, दलित, गरिब, असहाय, जेहेन्दार, पिछ्डियका विद्यार्थीहरुलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्न आफू लागि पर्ने प्रतिबद्धता गरेका थिए । आचार्यले आम सुकुम्बासी समस्याको समाधान र अव्यवस्थित बसाईको व्यवस्थापन गरी युवा स्वरोजगारका लागि काम गर्ने बताए । कोहलपुर नगरपालिकामा भ्रष्टाचारमुक्त गराउने, सेवा सुशासनमा ध्यान दिने र आम जनताको घरमा पुगेर देखापर्ने समस्याको तत्काल पहल गर्ने आधार आफुमा मात्र रहेको जानकारी गराए ।

उनले नेकपा एमाले अग्रज नेता स्वर्गीय कृष्ण बहादुर खडकाले अधुरो राखेका र देखेका सपनालाई पूरा गर्न कोहलपुर नगरपालिका १२ का अध्यक्ष पदमा प्रत्यासी विरेन्द्र कुमार शाहले कृष्ण बहादुर खडकाको योगदान सधै सम्झिने कुरामा आफ्नो पार्टी पछाडी नपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २५ गते आइतबार