सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेकपा एमालेले प्रचारप्रसार प्रयोग गरिएको गाडी आगजनी गरेका छन् ।
सुर्खेतमा गएराती चुनाव प्रचार प्रसारका लागि प्रयोग गरिएको गाडीमा आगजनी गरिएको स्थानीयहरुले कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित जुम्ला राजमार्ग नजिकै पार्किङमा राखिएको बा १४ च ६८३१ न .को गाडीमा करिव रातको १२ः३० बजेको समयमा अज्ञात समूहले आगजनी गरि फरार रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ वैशाख २४ गते शनिबार












प्रतिक्रिया दिनुहोस्