“उत्कृष्ट र नमुना वडा बनाउछु” : रिजाल

सरला सुबेदी, कोहलपुर ।

भर्खरैको अल्लारे केटो वडा अध्यक्ष भएपछि के नै काम गर्ला  भनेर मैले वडा अध्यक्षमा यो बाबुलाई भोट हालिन् तर उमेर सानो भएनी बाबुले हाम्रो वडामा धेरै राम्रो काम गरेका छन् भन्दै कोहलपुर ३ को मदनचोक पिपल चौतारामा यो गर्मी छल्न बसेकी एक वृद्ध आमाले आफ्नै साथिसङ्ग कुरा गर्दै भनेकी थिइन् । धेरै पटक रुखलाई नै भोट हाले अब त यो रिजाल बाबुलाई भोट हाल्ने हो भन्दै आफ्ना साथीहरु र छिमेकी सङ्ग कुरा गरेकि थिईन।

त्यही बेला मैले नजिकै गएर सोधे आमा रिजाल भनेका को हुन् ? अनि वृद्ध आमाले मलाई हेर्दै भन्नू भो नानु सुर्य पाटिका वडा अध्यक्ष हुन अति राम्रो काम गरेका छन् अनि मैले फेरि सोधे आमा के राम्रो काम गरे र ?भन्दा वृद्ध आमाले नानी यहाँ यो बाटो धुलो उढ्ने थियो अहिले पिच भको छ हामिले धुलो खान परेको छैन यहि चौतारामा नि बस्ने ठाउँ थिएन अहिले हामिले यसरी गर्मीमा बसेर गफ गर्न पाका छौ अनि बाबुले अरुले जस्तै कहिले पनि हामिलाई फरक पटिका भनेर फरक व्यवहार गरेनन निकै सालिन र भद्र छन् । त्यो बेला भोट हालिन अब त बाबुकै सुर्यलाई नै भोट हाल्ने हो भन्दै हुनुहुन्थ्यो ।

वृद्ध आमाले भने जस्तै कोहलपुर ३ का नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेद्बार माधब रिजाल निकै सरल स्वभावका छन् । यो ३९/४० डिग्रीको तापक्रममा न त कामको प्रवाह न घामको प्रवाह गरि एकदमै उत्साहित भएर एमाले जिताउ अभियानमा सम्पुर्ण वडाबासी लागेको देख्दा आफुले आजै चुनाव जितिसकेको महसुस भएको रिजाल बताउछन् ।

उनले अघिल्लो कार्यकालमा वडामा अधुरा रहेका समग्र कामहरुलाई निरन्तरता दिदै आगामी दिनहरुमा वडाबासिकै सल्लाह सुझाबले अगाडि बढ्ने बताए । उनले कृषि , पर्यटन , शिक्षा, स्वास्थ , खानेपानीलाई सङ्गै जेष्ठ नागरिकहरुको नाममा सानोसानो भएपनी जेष्ठ नागरिक घर पहिलो बनाउने कुरालाई प्राथमिकतामा राखी , कोहलपुर नगरपालिकाको सम्पुर्ण १५ वडाहरु मध्य सबै भन्दा उत्कृष्ट र नमुना वडा बनाउने प्रतिबद्धता गरेका छन् । आसा छ वडा अध्यक्ष पदका उम्मेद्बार रिजालले जनतासामु गरेका आफ्ना प्रतिबद्धता पूरा गर्नेछन् ।