को हुन् अध्यक्ष पदका उम्मेदवार मन प्रसाद आचार्य ?

जोसिलो, भिजन र योग्यता भएका उम्मेदवार हुन मन प्रसाद आचार्य । आगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नम्बर ११ मा नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार हुन् ।

उनी जुम्लाको सिजा गाउँपालिका वडा नम्बर १ मा २०३० मंसिर ०३ गतेका दिन बुवा देविलाल आचार्य(उपाध्याय) र आमा रामसिता आचार्यको कोखबाट जन्म भएको थियो ।

उनका दुई छोरा (विश्य आचार्य र उमेश आचार्य) र छोरी स्वतिका आर्चाय रहेका छन् । उनले १-८ मालिका निम्न माध्यमिक विद्यालय, ९-१० भैरव माध्यमिक विद्यालय सिजा, ११–१२ संकरदेव क्याम्पस काठमाण्डौंमा अध्ययन पुरा गरे ।

उनले बि.स. २०४५ भैरब माध्यमिक विद्यालयमा नेविसंघको सदस्य, वि.स. २०६३ सालमा नेपाल तरुन दल समन्वय संस्थापक केन्द्रिय सदस्य र वि.स २०५६ सालमा माओवादी द्धन्दकालले गर्दा विस्तापित भएपछि २०६० सालबाट कोहलपुरमा बसाईसराई गरे । केही वर्षपछि १३ औँ अधिवेशन क्षेत्रिय प्रतिनिधि हुँदै हाल नेपाली जिल्ला कार्य समिति निर्वाचित सदस्य छन् ।

उनको सानैदेखि अरुलाई सहयोग गर्ने भावना भएका उनले निकै लामो समयदेखि विभिन्न संघसंस्थाहरुमा आबद्ध भई सामाजिक थुप्रै कार्यहरु गरेका छन् । उनले प्रजातान्त्रिक यातायात व्यवस्थापन समिति र बागेश्वरी यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष भएर निकै उत्कृष्ट काम गरेका छन् ।

यस्तो छ उनको घोषणा पत्र