किन जटिल बन्याे गठबन्धन काेहलपुरमा ? माओवादी एकल चुनावमा जाने निर्णय

काेहलपुर ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको छ । कोहलपुरका चोक, चिया पसल, रेष्टुरेण्ट तथा अन्य सार्वजनिक क्षेत्रहरुमा गठबन्धनको व्यापक चर्चा चलिरहेको बेलामा कोहलपुरमा गठनबन्धन नहुने पक्कापक्की भएको छ ।

यता नेपाली काँग्रेसले मेयर नछोड्ने र माओवादी केन्द्रले पनि मेयर नछाड्ने भएपछि गठबन्धन नहुने पक्कापक्की भएको हो । अहिले नेपाली काँग्रेले पनि मेयरको लागि कस्ले टिकल ल्याउने चर्चा चलिरहेको बेलामा कस्को युवा लोकप्रिय छ भन्ने नै छ ।

त्यसमा युवा उम्मेदवारीलाई यो पटक चुनावमा लैजाने नेपाली काँग्रेस र माओवादी दुवै पार्टी लगायत अन्य राजनितिक दलहरुको समेत रहेको छ ।

नेपाली काँग्रेसले र माओवादीले मेयर कस्ले लिने भन्ने विषयमा कुरा नमिल्दा अहिले गठबन्धन हुन सकेन ।

अहिले गठबन्धनभन्दा एक्लै चुनावमा जाने भनी निर्णय गरेपछि केन्द्रिय नेताहरुले हाम्रो निर्णय नमानेको भन्दै प्रेसर दिन थालेको छन् । अझै केही दिन बाँकी छ अझै के हुने हो भन्ने टुंगो छैन ।

 

यता माओवादी केन्द्रले भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले आफ्नै नेतृत्वमा चुनावमा जाने निर्णय गरेको छ । सत्ताधारी गठबन्धको कुरा चलि रहँदा कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेका छन् ।

माओवादी केन्द्रले औपचारीक रुपमा उम्मेदवार टुंगो लगाएको हाे । २०७४ सालको स्थानिय तह निर्वाचनमा प्रतिस्प्रर्धा गरेको र निर्वाचनमा पराजयपछि पनि निरन्तर जनताको घर दैलो र कोहलपुरको विकासमा क्रियाशिल नरेन्द्र न्यौपानले्लाई सर्वसम्मत उम्मेदवारका रुपमा प्रदेश समितीमा सिफारीस गर्ने निर्णय गरेका छन् ।

मगलबार बसेकाे नगर समितिको बैठकले २०७४ काे निर्वाचिन स्थानिय तहका जनप्रतिनिधिले जन अपेक्षा पुरा गर्न नसकेकाले अव जनताले कोहलपुरमा माओवादीको नेतृत्व खोजि गरी रहेकाले योग्य र सक्षम युवा उम्मेदवार लिएर मैदानमा जादा जित सुनिस्चित भएको ठहर सहित नरेन्द्र न्यौपाने लाई उम्मेदवार बनाएको देखिन्छ ।

काेहलपुरका १५ वडा मध्ये १३ १३ वटा वडा अध्यक्षहरुको टुगो लगाएको छ । जसमा १ मा बद्रि प्रसाद जैसि (हेमन्त), २ मा अमर बिक , ३ मा केशव रिजाल , ५ मा कृष्ण प्रसाद थारु,  ६ मा राम शरण थारु, ७ मा तेज बहादुर पुन, ८ मा चन्द्र बुढा,  ९ मा ओपेन्द्र नाथ योगी, १० मा कैलो बोहरा कुशल, १२ मा निरक शाही, १३ मा मिना पुन, १४ मा दान बहादुर वली (निर्माण) र  १५ मा राधेश्याम थारु वडा अध्यक्षमा टुंगाे लगाएकाे हाे । अन्य ४ र ११ वडामा अाज टुंगाे लगाउने काेहलपुर नगर कमिटि अध्यक्ष अवराज खड्काले जानकारी दिए ।

यस्तै उपमेयरकाे लागि  समेत टुंगाे लागेकाे छैन उहाँले भन्नुभयाे आज बेलुकासम्म फाइनल हाेला । उपमेयरकाे लागि अवराज खड्का, रेणुका खड्का, साबित्रा पुन, बिण्णु चौधरी र कौशिल्या खड्का रहेका छन् ।