कौशिला नगरमा कौसिल्या अस्पतालद्वारा स्वास्थ्य शिविर, १ सय ६० जना लाभान्वित

कोहलपुर ।

बाँकेको कोहलपुर ११ मा रहेकाे कौसिल्या अस्पताल प्रालीले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका वडा नं १ कौशिलानगरमा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविरमा १ सय ६० जना लाभान्वित भएका छन् ।

 शिविरको उद्घाटन गर्दै कोहलपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष गोपी प्रसाद खनालले विकास निमार्णका साथै स्वास्थ्य क्षेत्रमा पनि जोड दिनुपर्ने आवश्यक रहेको बताउदै एकदिने शिविरको आयोजना गरिएको बताए ।

शिविरमा करिब १ सय ६० जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ । शिविरमा डां एन के यादव ,सन्तोष विसी लगायतको स्वास्थकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा सुगर,प्रेसर ग्यासटिक आंखा लागायत परिक्षण गरिएको अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेले जानकारी दिए । शिविर स्वास्थ्य परिक्षण गरिएका विरामीहरुको अस्पतालमा थप उपचार गर्नु परेमा २० प्रतिशत छुट गरिने अस्पतालका प्रबन्ध निर्देशक राम न्यौपानेले बताए । अस्पतालले सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ ।