कोहलपुर नगरपालिकाको गेटमा बजारको दुगन्धित फोहोर फालि दिएपछि….

कोहलपुर ।

कोहलपुरमा विगत लामोसमयदेखि फोहोर उठेको छैन । बजार क्षेत्रका अधिकांश सडकहरु अहिले फोहोरले नै भरिएका छन् । फोहोरले गर्दा मानिसहरु हिड्डुल गर्र्दा निकै गन्ध आउँछ जसले गर्दा आवत जावत गर्न समस्या छ ।

फोहर व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनीले फोहर उठाउन छाडेपछी कोहलपुर बजार क्षेत्रमा दुर्गन्धित बन्दै गएको हो ।

शनिबार कोहलपुर नगरपालिकाका वाइसिएलको नेतृत्वमा सम्बन्धीत कम्पनीले फोहोरको व्यवस्थापन नगर्दा बजार क्षेत्र दुगन्धित भएको भन्दै कोहलपुर नगरपालिकाको गेटमा फोेहोर फालि दिएका हुन् ।