Kohalpur Today Header Ads

कोहलपुर वडा नम्बर १० मा अध्यक्षमा गौरा अधिकारी (भट्टराई) बलियाे उम्मेदवार




आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको छ । कोहलपुर चोक, चिया पसल, रेष्टुरेण्ट तथा अन्य सार्वजनिक क्षेत्रहरुमा नेपाली काँग्रेसबाट बलियो उम्मेदवार को हुने ? प्रश्नले निकै चर्चाको विषय बनेको छ । कोहलपुर वडा नम्बर १० मा नेपाली काँग्रेसबाट ७ जना वडा अध्यक्षको लागि आंकाक्षी बनेका छन् ।

जसमध्ये गौरा कुमारी अधिकारी(भट्टराई) बलियो उम्मेदवारको रुपमा चिनिन्छन् । २८ वर्षदेखि पार्टीमा रहेर निरन्तर काम गरेकी छिन् । कोहलपुर गाविस हुँदा तरुन दलको सदस्य भएर काम गरेकी हुन् । उनले महिलाको क्षेत्रमा निकै लोकप्रियता कमाएकी छिन् । अड्डा अदालत, इलाका प्रहरी कार्यालय, भौतिक पूर्वाधार, तथा विकास निर्माणका काममा राम्रो र उत्कृष्ट नेतृत्व समेत गरेकी छिन् ।

किन वडा अध्यक्षको लागि आंकाक्षी छन् गौरा कुमारी अधिकारी(भट्टराई) ?

LIfe Ok

कोहलपुर वडा नम्बर १० को समग्र विकास र समृद्धिका लागि अध्यक्ष पदमा आंकाक्षी छु । विगत लामो समयदेखि वडामा भएका समस्या र त्यसको उपायको बारेमा म विज्ञ छु । किनभने वडा नम्बर १० का जनताहरुसंग प्रत्यक्ष रुपमा सामाजिक काममा होस्, वा विकास निर्माणको काम होस्, वा आर्थिक तथा भौतिक रुपमा सहयोग होस्, वा अन्य कुनै क्षेत्रमा काम पर्दा निकट भएर काम गरेको छु ।

सबैभन्दा ठुलो समस्या भनेको शिक्षा, स्वास्थ्य, कृषी, विद्युत, खानेपानी, युवा स्वरोजगारका विषयमा उठान गरेको छु । यति मात्र होइन, हालको बन्दा बाँधलाई व्यवस्थित गरी आधुनिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने तथा डुडुवा खोलाले पुर्‍याएको क्षती कम गर्न तटबन्धनको व्यवस्था गर्ने योजना छ ।

कोहलपुर टुडेले अध्यक्ष पदका आंकाक्षी सिग्देलसंग गरिएको सम्पादित कुराकानी ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार