मुख्यमन्त्री शाहीको पाँच महिनामा ३६ करोड ४४ लाख राजश्व

सुर्खेत, ९ बैशाख ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलनमार्फत आफ्नो साढे पाँच महिने कार्य प्रगति सुनाए । उनको कार्य प्रगतिमा सबैभन्दा बढी प्राथमिकताको विषय वित्तिय प्रगति भने कमजोर रहेको छ ।

चालू आर्थिक वर्षको हालसम्म जम्मा २१.८० प्रतिशत कुल प्रगतिमा चालू खर्च २७.७० र पुँजीगत खर्च १७.९४ प्रतिशत रहेको छ । वित्तिय प्रगतिलाई वृद्धि गर्ने मुख्यमन्त्री शाहीको प्रमुख विषय थियो । तर उनले विभिन्न कारणले वित्तिय प्रगति कमजोर हुन सकेको बताए । यद्यपि प्रगति बढाउन लागि परेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

साथै उनले यो अवधिसम्म ३६ करोड ४४ लाख राजश्व संकलन भएको उल्लेख गरे । जुन चालू आर्थिक वर्षमा सरकाले लिएको लक्ष्यको ६०.७३% हो ।

मुख्यमन्त्री शाहीले स्वास्थ्यका क्षेत्रमा १८ वर्ष भन्दा माथिका लक्षित जनसंख्याको ६६ प्रतिशतले कोभिड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाएको उल्लेख गरे भने कुल जनसंख्याको ५४ प्रतिशतले पहिलो र दोस्रो डोज लगाउनुका साथै १ लाख ४० हजार १८८ जनाले बुस्टर डोज लगाएको बताए । प्रदेश रंगशालाको ट्रयाक र फिल्डको काम ५० प्रतिशत सम्पन्न भएको छ भने अन्तर्राष्ट्रिय भलिबल कभर्ड हलको जग निर्माणको काम भइरहेको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा ८१ वटा खेल मैदान निर्माण कार्य सुरु भएको, सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७९ वटै पालिकामा ४०० कक्षा कोठा भवनहरु निर्माण भइरहेको शाहीले बताए । भौतिक पूर्वाधारतर्फ यो अवधिमा १७० किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ,’ उनले भने, ‘३० किलोमिटर सडक स्तरोन्नति गरिएको छ भने ११.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

यहि अवधिमा सडक पुल सातवटा सम्पन्न भएका छन् । जनता आवास कार्यक्रम अन्तर्गत यस अवधिमा कुल ६१३ आवास निर्माण सम्पन्न भएका छन् भने ९७० इकाई निर्माण कार्य सम्झौता भई कार्यान्वयनमा रहेका छन् । थप २०० घरधुरी जनता आवास कार्यक्रम अन्र्तगत र विपन्न आवास कार्यक्रममार्फत २०० गरेर ४०० घरधुरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रियामा रहेका छन् ।’

yugnews.com बाट